सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई मन्त्री भण्डारीकाे आग्रह
मन्त्री भण्डारीले नविनतम् सोच भएका युवा उद्यमीहरूलाई विना धितो न्यून ब्याजदर मा दिएको रकमले उद्यमशीलताको विकास भइरहेको बताए।-(6)-1746543796.jpeg)
काठमाडौं, वैशाख २३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिएका छन्।
नेपाल जेसिजद्वारा काठमाडौंमा आयोजित ‘क्रिएटिभ योङ इन्ट्रप्रेन्योर र पब्लिक स्पिकिङ च्याम्पियनसिप २०२५’ मा बोल्दै उनले अधिकांश युवाहरूले विदेशमा मात्रै आफ्नो भविष्य देख्नु सुखद पक्ष नभएको बताए।
उनले युवा उद्यमशीलता प्रवर्धनका लागि सरकारले केही कार्यक्रमहरू ल्याएको बताए।
‘गत आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरी १६५ जना उद्यमीहरूका लागी विना धितो ५देखी २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेर व्यवसाय प्रवर्धनमा जोड दियौँ भने, यस आर्थिक वर्षमा १ अर्ब रकम विनियोजन गरेकोमा उक्त कार्यक्रमका लागि ६६१ जना उद्यमीहरू छनोट भकाएछन् । यो कार्यक्रम निरन्तर जारी रहन्छ,’ उनले भने।
मन्त्री भण्डारीले नविनतम् सोच भएका युवा उद्यमीहरूलाई विना धितो न्यून ब्याजदर मा दिएको रकमले उद्यमशीलताको विकास भइरहेको बताए।
गतबर्ष बैंकको जागिर छोडेर समेत स्टार्टअप कर्जा लिएका उद्यमीले राम्रो व्यवसाय सञ्चालन गरी उदाहरणीय काम गरिरहेको बताए। उद्यमशीलताका लागि सरकारले नीतिगत सहुलियत दिँदै आएको बताए।
उनले उद्यमशीलता र युवा नेतृत्व विकासका लागि सरकार युवाहरूको साथमा रहेको बताए । युवा उद्यमीहरू देशको आर्थिक रूपान्तरणका मेरुदण्ड बन्न सक्ने बताउँदै सरकारले नीति तथा कार्यक्रममार्फत निरन्तर सहयोग गर्दै आइरहेको उल्लेख गरे।