Kathmandu Press

एनआरएनएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा 

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले एनआरएनए विवादका दुईवटा मुद्दालाई सुनुवाईका लागि पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।
एनआरएनएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा 

काठमाडौं, वैशाख २३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। 

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले एनआरएनए विवादका दुईवटा मुद्दालाई सुनुवाईका लागि पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।

Hardik ivf

यो मुद्दा मंगलबारदेखि संयुक्त इजलासमा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। 

एनआरएनएको एकता महाधिवेशन पक्षधर राजेश शमशेर राणा र ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीले भिन्नाभिन्नै रिट निवेदन दिएका थिए। 

सर्वोच्चमा विवाद विचाराधीन रहेकै अवस्थामा गत वैशाख २१ गते एकताको महाधिवेशन सम्पन्न भइसकेको अवस्था छ । उक्त प्रकरणमा थप सुनुवाइ आवश्यक रहेको भन्दै पूर्ण इजलासमा पेस गर्न आदेश भएको हो। 

एनआरएनएको विवाद अब सर्वोच्चको पूर्ण इजलासबाट टुंगो लाग्ने छ  तीन वा तीनजना भन्दा बढी न्यायाधीश संलग्न पूर्ण इजलासबाट यो विवादको छिनोफानो हुने भएको छ।  


 

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, वैशाख २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्