फरार व्यापारी अग्रवाल स्वयम्भूबाट पक्राउ
जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुई वटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेपछि उनी फरार थिए।
काठमाडौं, वैशाख २३ : बैंकिङ कसुर र चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यापारी अमित अग्रवाल मंगलबार पक्राउ परेका छन् । अदालतको फैसलापछि अग्रवाल फरार रहेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँले अग्रवाललाई स्वयम्भूबाट पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुई वटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेपछि उनी फरार थिए।
पक्राउ गरेलगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको थियो। अग्रवाललाई अदालतले २०८० साल जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
सोही बर्षको असार २१ गते चेक अनादर मुद्दामा तीन हजार रुपैयाँ जरिवाना र फागुन २४ गते चेक अनादरसम्वन्धी थप मुद्दामा चार हजार जरिवानाको फैसला गरिएको थियो। उनलाई काठमाडौं जिल्ला अदालतले कैद सजाय भुक्तानका लागि थुनामा पठाएको छ ।