Kathmandu Press

एनआरएनएमा छुटेकाहरुलाई समेट्नुहोला : मन्त्री राणा

‘अहिले उच्चस्तरीय समितिले सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्न पहल गरोस्, त्यसमा हामी पनि सहयोग गर्छौँ,’ मन्त्री राणाले भनिन्। 
एनआरएनएमा छुटेकाहरुलाई समेट्नुहोला : मन्त्री राणा

काठमाडौं, वैशाख २३ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ(एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएकी छन्। 

सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई बधाई दिन परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राणाले छुटेको समूहलाई पनि यहीमार्फत गोलबद्ध हुन आह्वान गरिन्।

Hardik ivf

‘अहिले उच्चस्तरीय समितिले सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्न पहल गरोस्, त्यसमा हामी पनि सहयोग गर्छौँ,’ मन्त्री राणाले भनिन्। 

यसैगरी अदालतमा रहेका मुद्दाहरूमा पनि मन्त्रालयले प्रक्रियागतरुपमा किनारा लगाउँदै जाने उनले प्रतिबद्धता जनाइन्। उनले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग  सहकार्य गरेर नेपालको उन्नतिमा  साथ दिन अपिल पनि गरिन्। 

मध्यपूर्व, खाडी मात्र नभइ संसारका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारिन्।
संघका नवनिर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठले एकता अधिवेशन सम्पन्न गर्न परराष्ट्रमन्त्री डा.देउवा, परराष्ट्र मन्त्रालयलगायत नेपाल सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि मन्त्रालयको साथ र सहयोग लिएर अघि बढ्ने बताए। 

हतारमा भन्दा पनि सबैकुराहरु सोच विचार गरेर मात्रै आफ्नो कार्यसमिति अघि बढ्ने उनले बताए। एनआरएनभित्रका विवादहरू समाधानका लागि सल्लाहकार बोर्डको आवश्यकता रहेको उनले बताए। अध्यक्ष श्रेष्ठले नेपालको विकासमा साझेदार बन्न एनआरएनए सधैँ तयार रहेको पनि जनाए।
 

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, वैशाख २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्