बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयको निर्देशन
बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयलाई लिएर प्रहरीले पेश गरेको प्रतिवेदनका आधारमा मुद्दा चलाउन निर्देशन भएको हो।
काठमाडौं, वैशाख २३ : महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बाल संगठन (बाल मन्दिर) को जग्गा हिनामिनाको घटनामा संलग्नहरूलाई मुद्दा चलाउन काठमाडौं जिल्ला सरकारी वकील कार्यालयलाई निर्देशन दिएको छ।
बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयलाई लिएर प्रहरीले पेश गरेको प्रतिवेदनका आधारमा मुद्दा चलाउन निर्देशन भएको हो।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउनु नपर्ने गरी महान्यायाधिवक्ता कार्यालयमा सिफारिस गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय, कठमाडौंको राय अस्विकार गर्दै महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउन निर्देशन दिएको जनाइएको छ।
महान्यायाधिवक्ताको निर्णयपछि बाल मन्दिरको जग्गा विवादमा ठगी मुद्दा चल्ने बाटो खुलेको छ । मुद्दा चलाउनुपर्ने गरी विभागबाट दिएको निर्देशन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ।
नेपाल बार संगठनको अध्यक्षमा रिता सिंह वैद्य भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो।
