Kathmandu Press

गभर्नर नियुक्तिमा कुनै समस्या छैन : देउवा 

‘गठबन्धनमा कुनै समस्या छैन। गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो,’ उनले भने।
गभर्नर नियुक्तिमा कुनै समस्या छैन : देउवा 

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताएका छन्। 

मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवाले यस्तो भनाई राखेका हुन्। यस्तै, उनले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको पनि बताए। 

Hardik ivf

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि बताए। 

‘अहिले एमाले पार्टीका नेता केपी ओलीसँग गठबन्धन छ। गठबन्धनमा कुनै समस्या छैन। अहिले राष्ट्र बैंकको गर्भनरको विषयमा हामीबीच कुनै समस्या छैन,’ उनलृ भने, ‘गभर्नर नियुक्ति ढिलो हुनुमा राष्ट्र बैङ्क भित्रकै समस्याले हो। ओलीको कारणले होइन।’

साथै, सभापति देउवालेवर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बैकिङलगायतका क्षेत्रमा उल्लेखनिय प्रगति हासिल गठबन्धन सरकारले गरेको उल्लेख गरे।

‘नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले २०४६ सालपछि आर्थिक विकासमा महत्वपूर्ण सफलता हासिल गरेको छ। शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बैकिङ्लगायतका क्षेत्रमा उल्लेखनीय प्रगती हासिल गरेको पनि छ,’ उनले भने, ‘पार्टी संग्लग्न रहेको वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी छ।’
 


 

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्