डिजिटल प्रविधिमा आधारित सेवा प्रवाह गर्न श्रम मन्त्रीको निर्देशन
मन्त्री भण्डारीले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकल पर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिएका छन्।
काठमाडौं, वैशाख २३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरुलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास र विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन के कसरी सकिन्छ भन्ने विषयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मन्त्री भण्डारीले नगर्न उक्त निर्देशन दिएका हुन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवस देखि सञ्चालनमा आएको श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सीप विकास, श्रम तथा रोजगार सम्बद्ध सेवा लगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाहरुको विवरण समेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्ने यथासिघ्र कार्य अघि बढाउन मन्त्री भण्डारीले निर्देशन दिए।
मन्त्री भण्डारीले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकल पर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिएका छन्।
आफू वैदेशिक रोजगारीका लागि गाउँ गाउँमा फैलिएका विचौलिया नियन्त्रण गर्न समेत रोजगार सेवा केन्द्रको भूमिका रहेको अवस्थामा हाल कार्यरत जनशक्तिहरुको निरन्तरताका लागि चिन्तित भएको बताउँदै मन्त्री भण्डारीले आगामी वर्ष देखि राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा राष्ट्रिय व्यावसायीक सीप प्रतिष्ठान लगायत सम्पूर्ण श्रम तथा सेवाहरु रोजगार सेवा केन्द्र मार्फत सेवा प्रवाह हुने जानकारी दिए।












