Kathmandu Press

एमाले धनुषा अधिवेशनमा झडप, अवस्था तनावग्रस्त [तस्बिरहरू]

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेकोमा अहलेसम्म मतदान सुरु हुन सकेको छैन भने असन्तुष्ट पक्षहरुबीच मतदानस्थलमा झडप भइरहेको छ।
एमाले धनुषा अधिवेशनमा झडप, अवस्था तनावग्रस्त [तस्बिरहरू]

धनुषा, वैशाख २३ : जनकपुरधाममा जारी नेकपा एमालेको धनुषाको आठौं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ।

निर्वाचन हुने भनिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिषरमा अहिले पनि दुबै पक्षबीच झडप भएको हो।

ढुङा हानाहानका साथै कुर्सी, पंडाल, रुखका हाँगालगायत प्राङ्गणमा भएका वस्तुहरुमा तोडफोड र हानाहान भएको हो। झडपमा केही स्थानीय नेता कार्यकर्ता घाइते समेत भएका छन्। उनीहरुको विवरण आउन बाँकी छ।

Hardik ivf

अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान सुरु भएको थियो। त्यसपछि विवादले अहिले उग्र रुप लिएको छ।

Photo-(12)-(2)-1746533011.jpg

गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो।

सोमबार राति नै मनोनयन दर्ता भएकोमा उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको थियो।

Photo-(15)-(2)-1746533009.jpg

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेकोमा अहलेसम्म मतदान सुरु हुन सकेको छैन भने असन्तुष्ट पक्षहरुबीच मतदानस्थलमा झडप भइरहेको छ।

सुरक्षाकर्मीले स्थित नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Photo-(11)-(4)-1746533012.jpg

Photo-(17)-(1)-1746533008.jpg

Photo-(7)-(7)-1746532917.jpg

Photo-(3)-(5)-1746532918.jpg

Photo-(8)-(1)-1746532934.jpg

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्