Kathmandu Press

समाजलाई सत्यको बाटोमा लैजान दिइने ज्ञानलाई आत्मसात गरौं : मन्त्री सिंह

उनले समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने पनि वश्वास व्यक्त गरे। 
समाजलाई सत्यको बाटोमा लैजान दिइने ज्ञानलाई आत्मसात गरौं : मन्त्री सिंह

काठमाडौं, वैशाख २३ : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको बाटोमा लैजानका लागि दिइने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन्। 

नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताए।

Hardik ivf

उनले समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने पनि वश्वास व्यक्त गरे। 

‘एउटा कानले सुन्ने अर्कोले उडाउने गर्छौ, त्यसो हुनुभएन । समाजलाई सत्यको बाटोमा लैजानका लागि धार्मिक कार्यक्रममा हुने प्रवचनका कुरालाई आत्मसाथ गरौं,’ उनले भने,‘जसले मेहनत गर्छ। मेहनतको फलको आनन्दप्राप्ति नै बेग्लै किसिमको हुन्छ।’ 

समाजलाई सत्य र पवित्रताको बाटोमा अगाडी बढाउन सेवाभावले समर्पित व्यक्तिहरुको समाजले मूल्यांकन गर्नसक्नुपर्ने पनि उनले बताए। 

‘तर, अहिले जुन प्राप्त गरेका अधिकार छन । ती अधिकारको मूल्य र मान्यतालाई राम्रोसँग बुझ्नुपर्छ । अधिकारको मात्र कुरा गरेर हुँदैन पूरा गर्नुपर्ने दायित्वमा पनि सोच्नुपर्छ,’ उनले भने.

उपप्रधानमन्त्री सिंहले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको भन्दै त्यसको निरन्तरतामा ध्यान दिने सिंहको भनाई छ। 

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्