एमाले नेता प्रदीप नेपालको निधन
७१ वर्षीय नेता नेपालको मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
काठमाडौं, वैशाख २३ : एमाले नेता प्रदीप नेपालको निधन भएको छ। ७१ वर्षीय नेता नेपालको मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
पार्किन्सन्स रोगबाट ग्रसित उनलाई केहीदिन अघि अस्पताल भर्ना गरिएको थियो। सोमबारदेखि भने सघन उपचार कक्षमा राखेर उनकाे उपचार भइरहेको थियो। उनलाई निमोनिया पनि देखिएको बताइएको छ।
मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका नेपाल २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए।
साहित्यकारसमेत रहेका उनी पछिल्ला वर्षमा भने उनी राजनीतिमा सक्रिय थिएनन् । नेपाली साहित्यिक क्षेत्रमा सञ्जय थापाका नामले उनका उनले एक दर्जनभन्दा बढी उपन्यास प्काशित छन्।
प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
