Kathmandu Press

दक्ष चिकित्सक विदेशिनबाट रोक्ने कदम चाल्न राष्ट्रपतिको आग्रह 

राष्ट्रपति पौडेलले न्याम्सअन्तर्गतका अस्पतालले नागरिकलाई गुणस्तरीय र विशिष्टिकृत सेवा पुर्‍याउँदै आएको बताउँदै सेवा आगामी दिनमा अझै बढ्ने विश्वास पनि व्यक्त गरे। 
दक्ष चिकित्सक विदेशिनबाट रोक्ने कदम चाल्न राष्ट्रपतिको आग्रह 

काठमाडौं, वैशाख २३ : राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष जनशक्ति विदेशिनबाट रोक्न उपयुक्त कदम चाल्न आग्रह गरेका छन्। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०, वीर अस्पतालको २३औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त आग्रह गरुेका हुन्। 

Hardik ivf

राष्ट्रपति पौडेलले पछिल्लो समय दक्ष चिकित्सक विदेशिनु चिन्ताको विषय भएको बताए। 

‘स्वास्थ्य क्षेत्रमा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले प्रयाप्त अवसर नपाएर विदेशीने क्रम बढ्ने राज्यका लागि चिन्ताको विषय हो। दश जनशक्ति विदेशिनुबाट रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्नु पर्छ,’ राष्ट्रपति पौडेलले भने। 

राष्ट्रपति पौडेलले न्याम्सअन्तर्गतका अस्पतालले नागरिकलाई गुणस्तरीय र विशिष्टिकृत सेवा पुर्‍याउँदै आएको बताउँदै सेवा आगामी दिनमा अझै बढ्ने विश्वास पनि व्यक्त गरे। 

पौडेलले नेपालमा नै स्तरीय शिक्षा र उपचार हुन थालेको आफैँले अनुभव गरेको पनि बताए । यस्तै, चिकित्सक पेसालाई सेवा भावको रूपमा हेर्न पनि राष्ट्रपति पौडेलको आग्रह छ। 

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, वैशाख २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्