Kathmandu Press

सरकारको नीति तथा कार्यक्रममा पुरानै कपिपेष्ट मात्र : सांसद पौडेल

उनले नीति तथा कार्यक्रमले राष्ट्र निर्माणका निम्ति दृढ सङ्कल्पलाई समेट्नुपर्ने उल्लेख गरे।
सरकारको नीति तथा कार्यक्रममा पुरानै कपिपेष्ट मात्र : सांसद पौडेल

काठमाडौं, वैशाख २३ : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पुरानै कपीपेष्ट भएको भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८२र८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न नसकेको बताए।

Hardik ivf

‘पहिलाका केही कार्यक्रमहरुमा रिप्याकेजिङ गरेर २०८२÷८३ को नीति कार्यक्रममा स्टिकर टाँसिएको छ। सार्वजनिक नीति प्रवाह, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, नागरिक एप्स, अनलाइन कर प्रणाली, डिजिटल फाउन्डेसन, साइबर सुरक्षा, डिजिटल नेपाल र बैंक प्रणालीजस्ता विषय गत वर्षको नीति तथा कार्यक्रममा समावेश थिए, अहिले त्यसलाई कपी गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको छ। नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न सकेको छैन,’ सांसद पौडेलले भने।

उनले नीति तथा कार्यक्रमले राष्ट्र निर्माणका निम्ति दृढ सङ्कल्पलाई समेट्नुपर्ने उल्लेख गरे। उनले चालु आर्थिक वर्षकै राष्ट्रिय गौरवका आयोजना बजेट अभावका कारण ठेक्कामा समस्या परेको बताए। 

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्