Kathmandu Press

‘नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारेको छ’

उनले ६ महिनाअघि नै तत्काल गर्नुपर्ने काम भनेर उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाव दिँदा पनि कार्यान्वयन नभएको बताए।
‘नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारेको छ’

काठमाडौं, वैशाख २३ : रास्वपा उपसभापति स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारेको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारका् नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद वाग्लेले कांग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौतासमेत मजाकजस्तो भएको टिप्पणी गरे।

Hardik ivf

‘देशका दुई ठूला राजनीतिक दल मिलेर सरकार चलाउँदा उत्साह हुनुपर्ने हो नि त्यस्तो छैन। देशमा ठूलो संकट हुँदा तथा आर्थिक वा प्राकृतिक प्रलय हुँदाखेरि गरिने प्रयोगको नतिजा के छ लगभग शून्य,’ उनले भने, ‘सात बुँदे सम्झौतामा भनिएको थियो हामी हामी भ्रष्टाचार गर्दैनौं सुशासन इत्यादि । त्यो आज मजाक भइसकेको छ।’

यस्तै, उनले अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले कुनै ध्यान बताए। उनले ६ महिनाअघि नै तत्काल गर्नुपर्ने काम भनेर उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाव दिँदा पनि कार्यान्वयन नभएको बताए।

‘अर्थतन्त्र तंग्र्याउने पनि आउट सोर्सिङ गरिएको छ। प्रतिवेदनमा एक्सन दिइएको छैन। आउट सोर्स गरिएको प्रतिवेदन ४–६ महिनाअगाडि तत्कालमा गर्नुपर्ने कुराहरू यी हुन् भनिएको छ,’ सांसद वाग्लेले भने, ‘भुक्तानीका कुरा, अनिवार्य दायित्वका कुरा, उदारो असुली ऐन, जग्गा अधिग्रहन गर्ने ऐन तत्काल लिएर आउन भनिएको छ।’

उनले नीति तथा कार्यक्रममै संविधान संशोधनको एउटै बुँदा समावेश नगरिएको बताए। 

प्रकाशित मिति: १४:५९ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्