एमाले धनुषाको जिल्ला अधिवेशनमा तोडफोड र कुर्सी हानाहान
झगडाका कारण निर्वाचन समितिको कार्यकक्षमा रहेको कम्प्युटर, ल्यापटपसमेत तोडफोड गरिएको छ।
धनुषा, वैशाख २३ : नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा तोडफोड र कुर्सी हानाहान भएको छ।
एमालेको जनकपुरमा जारी आठौं जिल्ला अधिवेशनमा मंगलवार दुई पक्षविच तोडफोड र कुर्सी हानाहान भएको हो। एमालेको ७७ जिल्ला कमिटीमध्ये धनुषामा मात्रै अधिवेशन हुन बाँकी थियो।
एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया, निवर्तमान अध्यक्ष राजकिशोर यादव समूहबीचको लफडाका कारण यस्तो अवस्था उत्पन्न भएको हो।
आइतबादेखि सुरू भएको एमाले धनुषाको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको थियो। पूर्व निर्धारित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भई अन्तिम नामावली प्रकाशन गर्ने बेला दुई पक्षबीच लफडा भएको हो।
झगडाका कारण निर्वाचन समितिको कार्यकक्षमा रहेको कम्प्युटर, ल्यापटपसमेत तोडफोड गरिएको छ।
लफडाबीच जिल्ला अध्यक्षमा भोला यादव र लक्ष्मीनारायण यादवले उम्मेदवारी दर्ता गरेका छन्। भोला महासेठ पक्षधर र लक्ष्मीनारायण उमाशंकर–राजकिशोर समूहका हुन्।
मधेस प्रदेश इन्चार्ज रहेका स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठको भूमिका शंकास्पद देखिएको भन्दै नाराबाजी गरिएको छ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)