Kathmandu Press

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले वैशाख २५ गते संसदमा जवाफ दिने  

बैठकमा जनमत पार्टीका सांसदहरुले रेशम चौधरीलाई बिना कारण पक्राउ गर्दै जेल पठाइएको विषयमा सरकारको जवाफ माग गर्दै विरोध गरेपछि सभामुख घिमिरेले यस्तो रुलिङ गरेका हुन्। 
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले वैशाख २५ गते संसदमा जवाफ दिने  

काठमाडौं, वैशाख २३ : गृहमन्त्री रमेश लेखकले आगामी वैशाख २५ गते संसद बैठकमा उपस्थित भएर जनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको बिषयमा जवाफ दिने भएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सरकारलाई संसद्मा उठेका विषयमा जवाफ दिन समेत सरकारलाई ‘रुलिङ’ गरेका छन्। 

बैठकमा जनमत पार्टीका सांसदहरुले रेशम चौधरीलाई बिना कारण पक्राउ गर्दै जेल पठाइएको विषयमा सरकारको जवाफ माग गर्दै विरोध गरेपछि सभामुख घिमिरेले यस्तो रुलिङ गरेका हुन्। 

सभामुख घिमिरेले आगामी वैशाख २५ गतेको संसद बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिएका थिए। 

सरकारद्वारा वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल जारी छ। 

प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, वैशाख २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्