Kathmandu Press

‘नेता तथा कर्मचारी सम्पत्तिको स्रोत खोजौं, स्रोत नखुलेको सम्पत्ति जफत गरौं’

‘हामीले छानबिन आयोग गठन गर्ने, जसको सम्पत्तिको स्रोत खुल्दैन, उसको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छ, गणतन्त्रलाई सुदृढ गर्ने बाटो यो हो,’ उनले भने।
‘नेता तथा कर्मचारी सम्पत्तिको स्रोत खोजौं, स्रोत नखुलेको सम्पत्ति जफत गरौं’

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सबै नेता तथा कर्मचारी सबैको सम्पत्तिको स्रोत खोज्नुपर्ने बताका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले छानबिन आयोग गठन गरेर स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने बताए।

Hardik ivf

‘हामीले छानबिन आयोग गठन गर्ने, जसको सम्पत्तिको स्रोत खुल्दैन, उसको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छ, गणतन्त्रलाई सुदृढ गर्ने बाटो यो हो,’ उनले भने।

यस्तै, उनले अबको नीति उत्पादनशील क्षेत्रमा लगानी बढाउने हुनुपर्ने बताउँदै गाउँ–गाउँमा ठूल्ठूला भवन बनाएरमात्र आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गरे।

करको भार थपेरमात्र नहुने बताउँदै करको दायरामा ल्याउनुपर्ने क्षेत्र धेरै भए पनि त्यसको पहिचान गर्न नसक्दा समस्या परेको उनले बताए। 

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, वैशाख २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्