Kathmandu Press

दाहाललाई सांसद योगेश भट्टराईकाे चेतावनी– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नगर्नू

दाहालले सरकार अप्राकृतिक रहेको र बिचौलिया हाबी भएको भनेर लगाएको आरोपमा समेत भट्टराईले आपत्ति जनाए।
दाहाललाई सांसद योगेश भट्टराईकाे चेतावनी– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नगर्नू

काठमाडौं, वैशाख २३ : नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिँदै सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नगर्न भनेका छन्।

नीति तथा कार्यक्रमबारे दिएको अभिव्यक्तिको जवाफ दिनेक्रममा सांसद भट्टराईले यस्तो चेतावनी दिएका हुन्।

Hardik ivf

दाहालले सरकार अप्राकृतिक रहेको र बिचौलिया हाबी भएको भनेर लगाएको आरोपमा समेत भट्टराईले आपत्ति जनाए। सांसद भट्टराईले भने, ‘सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्।’  

भट्टराईले संविधानको धारा ७६ (२) अनुसार बनेको प्रचण्डको सरकार प्राकृतिक हुने र ओलीको अप्राकृतिक हुने कुन संविधानको व्याख्या गरेको भनेर आफूलाई अचम्म लागेको पनि बताए।

‘सरकारबाट बाहिर रहनुपरेको असन्तुष्टि, छटपटीप्रति सहानुभूति छ,’ उनले भने। अर्को प्रसङगमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउँदा ‘मुटुमा नै गोली लागेको जस्तो किन भएको?’ भन्दै प्रश्न पनि राखे।

‘तपाईंले त प्रधानसेनापति नै हटाउनुभएको थियो त। एकपटक सम्झिनु त, प्रधानसेनापतिलाई कसरी हटाउनुभयो? अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो । हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार खडा गर्नुभयो,’ उनले भने।

 

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्