Kathmandu Press

‘नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति हो’

‘हाम्रो असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउला? आज नेपाल गरिबी र पछौटेपनको कारण एउटा हाम्रो  असन्तुलित पराराष्ट्र नीति हो,’ उनले भने।
‘नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति हो’

काठमाडौं, वैशाख २३ : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आज नेपाल गरिबी र पछौटेपनको कारण असन्तुलित पराराष्ट्र नीति नै भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउँछ भन्दै प्रश्न गरेका हुन्।

Hardik ivf

‘हाम्रो असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउला? आज नेपाल गरिबी र पछौटेपनको कारण एउटा हाम्रो  असन्तुलित पराराष्ट्र नीति हो,’ उनले भने।

सांसद सिंहले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए। उनले जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे।

‘अहिले भारत र पाकिस्तानको बीचमा तनाव छ। कुनै बेला पनि युद्ध हुन सक्छ। त्यस्तो बेलामा नेपाल सरकारले ११ जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ,’ उनले भने, ‘नेपाल सरकारले के सन्देश दिन खोजेको हो? त्यो पाकिस्तानी आर्मीको डेलीगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट आएको छ। यसरी हामीले युद्ध हुने समय कसै एकको पक्ष लिन मिल्छ?’ 
 

प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्