सरकारले सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्छ : सांसद शर्मा
सांसद शर्माले शुन्य समयमा सांसदहरुले उठाएका कुराहरु सरकारले नसुन्ने हो त्यसलाई बन्द गर्न उनले आग्रह गरे।
काठमाडौं, वैशाख २३ : नेकपा माओवादीका सांसद जनार्दन शर्माले शुन्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरुलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भीर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन्।
‘संसदमा पटक–पटक विषयहरु उठेका छन्, प्रश्नहरु उठेका छन्। नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भिसिहरु किन खाली भइरहेका छन् । स्वास्थ्य बीमा किन भुक्तानी गरिदैँन्, मध्य पहाडी करिडोर भेरी नदी, मेगा पुल, हुलाकि मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् भनेर प्रश्न जिज्ञासा संसदमा दैनिक हामीले राखिरहेका छौं,’ उनले भने, ‘यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन्, तर सरकार समाधान तिर त के जवाफ पनि दिन तयार छैन।’
सांसद शर्माले शुन्य समयमा सांसदहरुले उठाएका कुराहरु सरकारले नसुन्ने हो त्यसलाई बन्द गर्न उनले आग्रह गरे।