Kathmandu Press

‘संसद भवन समयमै निर्माण सम्पन्न नहुँदा प्रश्न उठ्यो’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले नयाँ वर्षको नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो तर त्यो समयमै निर्माण किन नभएको भन्दै गुनासो गरे।
‘संसद भवन समयमै निर्माण सम्पन्न नहुँदा प्रश्न उठ्यो’

काठमाडौं, वैशाख २३ : नेकपा एमालेका सांसद ठाकुर गैरेले सिंहदरबार भित्र संसद भवनजस्तो महत्वपूर्ण निर्माण कार्य समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन, र विश्वासमा ठेस पुग्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले नयाँ वर्षको नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो तर त्यो समयमै निर्माण किन नभएको भन्दै गुनासो गरे।

Hardik ivf

‘नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो। संसदको सिंहदरबार भित्रको महत्वपूर्ण काम समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन र विश्वासमाथि प्रश्न उठेको छ,’ उनले भने, ‘त्यसले देशभरी दिने सन्देशमा ठेस पुगेको छ। सत्तापक्ष वा प्रतिपक्ष भन्दा पनि सिंगो संसदको ध्यान जान जरुरी छ।’

सांसद गैरेले क्रिकेट रंगशालाको काम पनि समयममा सम्पन्न गर्न आग्रह गरे।

‘क्रिकेट रंगशालाको बारेमा प्रधानमन्त्रीले गर्नु भएको पहलकदमीको  समाचार सुने। परियोजना सम्पन्न गर्ने र समयमा परियोजना सम्पन्न गर्नको लागि त्यसमा सुशासन कायम गर्ने धेरै महत्वपूर्ण पूर्ण कुरा हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सपथग्रहण गरेसँगै तीन महिनाभित्रै क्रिकेट रंगशाला बनाउने काम सम्पन्न गर्ने भन्नु भएको थियो। तर त्यो अवधि सकिन दुई दिन अगाडि उहाँले त्यो  परियोजना किन सम्पन्न भएन? अब कति समय लाग्छ?’
 

प्रकाशित मिति: १२:१४ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्