Kathmandu Press

जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने, जानकी जयन्तीको दिन बिदा दिन चाँही छुटाउने भन्दै प्रश्न गरे। 
जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति

काठमाडौं, वैशाख २३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाएका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने, जानकी जयन्तीको दिन बिदा दिन चाँही छुटाउने भन्दै प्रश्न गरे। 

Hardik ivf

‘यो सगरमाथाको देश, बुद्धको देश भन्दै गर्दा जानकीको देश भन्ने बिर्सेको छौं। त्यही क्रममा आज जानकी जयन्तीको दिन बिदा पनि छुटाऔं। खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिन्छौं। तर आफ्नै भूमिमा जन्मिएका जानकी जयन्तीमा बिदा दिँदैनौं,’ उनले भने, ‘दुई वर्ष बिदा दिएको रहेछ तर फेरी हटाएका छौं। राज्य संयन्त्रले आमाको नाममा नागरिकता त दिएन। मन्त्रिपरिषद्मा महिलाको उपस्थिति पनि हामीले कमजोर देखिरहेको छौं। भएको एउटा मन्त्री पनि जानुभयो।’

सांसद झाले अहिले राजनीतिक प्रतिशोधको क्रम चलिरहेको भन्दै त्यसलाई  हेरेर मात्र सँधै चुप लागेर बस्न नसक्ने बताए।


 

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, वैशाख २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्