Kathmandu Press

व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ

उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रुपमा रेमशको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानविनका लागि माग गरिन्।
व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं, वैशाख २३ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी भएको बताएकी छिन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रुपमा रेमशको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानविनका लागि माग गरिन्।

‘वैशाख १७ गते पार्टी एकताको कार्यक्रम सुरु हुनु अघि नै कार्यक्रमस्थलबाट एउटा कर्मचारीको व्यक्तिगत आक्रोसका आधारमा कानुनी प्रक्रिया पूरा नगरी रेशम चौधरीको गैरकानुनी गिरफ्तार भयो। यसले संघीयता, समावेशिता, लोकतान्त्रप्रतिको विश्वासमा चोट पुगेको छ,’ उनले भनिन्, ‘म प्रश्न गर्न चाहन्छु कसरी एकजना नेता कार्यक्रमस्थलबाट यस्तो तवरले पक्राउ पर्छन्। यसको निष्पक्ष छानविन हुनुपर्छ।’ 

प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, वैशाख २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्