Kathmandu Press

प्रधानमन्त्री ओली र कांग्रेस सभापतिबीच भेट 

दुई नेताबीचको भेटमा संक्रमणकालीन न्यायका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
प्रधानमन्त्री ओली र कांग्रेस सभापतिबीच भेट 
फाइल तस्बिर।

काठमाडौं, वैशाख २२ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

दुई नेताबीचको भेटमा संक्रमणकालीन न्यायका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

Hardik ivf

‘संक्रमणकालीन न्यायका बारेमा उहाँहरुबीच छलफल भएको हो। हिजो प्रचण्डसँग पनि प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको थियो। द्वन्द्वपीडितसँग पनि हिजो नै छलफल भएको थियो,’ सचिवालयले भनेको छ। 

ओली र देउवाबीच भएको छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी रहेको जनाइएको छ। 

यही बिषयमा प्रधानमन्त्री ओलीले आइतबार प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए। संक्रमणकालीन न्यायसम्बन्धी सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेका बेला सिंहदरबारमा दुई शिर्ष नेताबीच छलफल भएको हो। 

पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिले दुई आयोगका पदाधिकारीका लागि ३५ जनाको नाम सिफारिस गरिसकेको छ। 

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्