Kathmandu Press

न्याय परिषद नियमावली खारेजीको मागसहित सर्वोच्चमा रिट दर्ता 

न्याय परिषदले २०८० असोज १ मा उक्त नियमावली तय गरेको थियो। स्वतन्त्र कानुन व्यवसायी संघका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेसहित १० जनाले सोमबार रिट दायर गरेका हुन्। 
न्याय परिषद नियमावली खारेजीको मागसहित सर्वोच्चमा रिट दर्ता 

काठमाडौं, वैशाख २२ : मर्यादाक्रममा कानुनव्यवसाय भन्दा न्यायाधीशलाई माथि पार्नेगरी बनाइएको न्याय परिषद् नियमावली, २०७४ को संशोधनविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएकोे छ। 

न्याय परिषदले २०८० असोज १ मा उक्त नियमावली तय गरेको थियो। स्वतन्त्र कानुन व्यवसायी संघका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेसहित १० जनाले सोमबार रिट दायर गरेका हुन्। 

Hardik ivf

परिषदको संशोधित नियमावली संविधानविपरित रहेको जिकिर गरिएको छ। यही नियमावलीका कारण सर्वोच्च, उच्च र जिल्ला अदालतको न्यायाधीश नियुक्ति अल्झिँदै आएको छ। रिट निवेदक अधिवक्ता न्यौपाने रास्वपाका नेता समेत हुन्। 

नियमावली अनुरुप सर्वोच्च अदालतका मुख्य रजिष्टार उच्च अदालतको न्यायाधीश हुँदा मुख्य न्यायाधीश बाहेक सबै न्यायाधीशहरु एकतह रोलक्रम वरियता घटुवा हुने दाबी समेत रिटमा गरिएको छ। 

मुख्य रजिष्टारलाई उच्च अदालतको न्यायाधीश नियुक्त गरिएमा गैरसंवैधानिक कानुनको प्रयोग हुने जिकिर लिँदै यस्ले कानुन र न्यायको क्षेत्रमा असन्तुलन सिर्जना हुने भएकाले तत्काल नियुक्तीमा रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ। 

रिटमाथि सुनुवाईका लागि आगामी वैशाख २४ गतेका लागि पेशी समेत तय भएको छ।


 

प्रकाशित मिति: १८:५४ बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्