Kathmandu Press

अञ्जलाको धरौटी रकममा न्यायाधीशबीच राय बाझियो 

उमाशंकर सहकारीको बचत अपचलन मुद्दामा पुर्पक्षका लागि धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएपछि यो विवाद अब तीनजना न्यायाधीशको इजलासबाट टुंगो लगाउनुपर्ने भएको छ। 
अञ्जलाको धरौटी रकममा न्यायाधीशबीच राय बाझियो 

काठमाडौं, वैशाख २२ : सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई थुन्ने की धरौटीमा छाड्ने भन्ने बिषयमा उच्च अदालत विराटनगरका दुई न्यायाधीशबीच राय बाझिएको छ।

उमाशंकर सहकारीको बचत अपचलन मुद्दामा पुर्पक्षका लागि धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएपछि यो विवाद अब तीनजना न्यायाधीशको इजलासबाट टुंगो लगाउनुपर्ने भएको छ। 

Hardik ivf

मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले मुद्दाको पुर्पक्ष गर्न धरौटीमा छाडेको थियो। उक्त मुद्दामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित दुई सञ्चालक भने पुर्पक्षका लागि थुनामा छन्। 

जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको राय बाझिने गरी गत वैशाख ११ मा भएको आदेश यतिबेला सार्वजनिक भएको छ। 

न्यायाधीश पुडासैनीले जिल्लाको धरौटी आदेशलाई सदर गर्ने राय दिएकी छिन् भने न्यायाधीश केशवप्रसाद बाँस्तोलाले पुडासैनीको रायमा असहमति जनाउँदै धरौटी थप बढाउनु पर्ने राय दिएका छन्। 

न्यायाधीश पुडासैनीले प्रतिवादीहरू रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा एक करोड धरौटी राख्नुपर्ने राय दिएका छन्। शिक्षकसमेत रहेकी कोइरालालाई मोरङ अदालतले २४१० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।
न्यायाधीशविचमै राय बाझिएपछि उच्च अदालत विराटनगरले अब यो मुद्दाको सुनुवाइका लागि बिहीबारका लागि पेशी तय गरेको छ। 

उमागौरी कृषि सहकारी संस्थाको २२ करोड ४८ लाख बढी अपचलन गरेको अभियोगमा अञ्जालासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर भएको थियो। 
 

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, वैशाख २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्