Kathmandu Press

संक्रमणकालिन आयोगमा द्वन्द्व पीडितहरूको सहभागिता गराउने देउवाको प्रतिबद्धता

ध्यानाकर्षण पत्र बुझाउन सोमबार बुढानीलकण्ठ पुगेका द्वन्द्वपीडित समक्ष पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। 
संक्रमणकालिन आयोगमा द्वन्द्व पीडितहरूको सहभागिता गराउने देउवाको प्रतिबद्धता

काठमाडौं, वैशाख २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालिन न्यायिक संयन्त्रमा द्वन्द्व पीडितहरूको सहभागिता गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

ध्यानाकर्षण पत्र बुझाउन सोमबार बुढानीलकण्ठ पुगेका द्वन्द्वपीडित समक्ष पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। 

Hardik ivf

सङ्क्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्न द्वन्द्वपीडित देवि खड्का, डा.राम भण्डारी, मैना कार्की, सुमन अधिकारी, गीता रसाइली, गोपालबहादुर शाह र फणीन्द्र लुइँटेलले सभापति देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। 

ध्यनाकर्षणपत्र बुझ्नेक्रममा देउवाले पीडितको प्रतिनिधित्व गराउने जिम्मा आफुले लिने बताउँदै दुई जना पीडितको नामसमेत दिन माग गरेका थिए। 

सभापति देउवाले सिफारिस समितिले संक्षिप्त सूची बनाउनुअघि पीडितको प्रतिनिधिलाई नभेटेर चुकेको समेत बताएको भेटपछि पीडितले बताएका छन्। द्वन्द्वपीडित समुदायले सिफारिस समितिले पीडितहरूसँग परामर्श गर्नुपर्ने कानुनी व्यवस्थाप्रति आँखा चिम्लिएको गुनासो राखेका थिए। 

प्रकाशित मिति: १७:३१ बजे, सोमबार, वैशाख २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्