Kathmandu Press

सत्ताघटक दुई दलले बनाएको दलीय संयन्त्र आवश्यक छैन : नेता कोइराला 

‘दुई दलले बनाएको दलिय संयन्त्र आवश्यक छैन । संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउनुपर्छ,’ नेता कोइरालाले भने। 
सत्ताघटक दुई दलले बनाएको दलीय संयन्त्र आवश्यक छैन : नेता कोइराला 
फाइल तस्बिर।

काठमाडौं, वैशाख २२ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ताघटक दुई दलले बनाएको दलिय संयन्त्र अनावश्यक रहेको बताएका छन्।

डा.कोइरालाले संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन पनि सुझाव दिएका छन्। संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

‘दुई दलले बनाएको दलिय संयन्त्र आवश्यक छैन । संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउनुपर्छ,’ नेता कोइरालाले भने। 

उनले सरकार गठनका बेला भएको सातबुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको पनि बताए। नेता कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको पनि बताए । 

सरकार ढाल्न लाग्यो भनेर आफूमाथि लगाइएको आरोप सत्य नभएको पनि उनले स्पष्ट पारे। 

अर्को एक प्रसङगमा उनले दुईतिहाइको संख्याले नभई सदनभित्र रहेका सबै दलका साथै सरोकारवालाको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने समेत बताए। 

प्रकाशित मिति: १६:२३ बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्