Kathmandu Press

नीति तथा कार्यक्रमले समृद्धि र सामाजिकलाई समेट्न सकेन’

गौतमले नीतिगत पक्ष धेरै भएको र कार्यक्रमको पक्ष कमजोर रहेको टिप्पणी गरे।
नीति तथा कार्यक्रमले समृद्धि र सामाजिकलाई समेट्न सकेन’

काठमाडौं, वैशाख २२ : सांसद वामदेव गौतमले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा कमजोरी रहेको बताएका छन्। 

राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गौतमले नीतिगत पक्ष धेरै भएको र कार्यक्रमको पक्ष कमजोर रहेको टिप्पणी गरे।

Hardik ivf

‘नीति तथा कार्यक्रमले भ्रष्टाचार उन्मुलन गर्ने किसिमको योजना ल्याउन सकेन, आन्दोलन रोक्ने किसिमको कुनै शब्द उल्लेख गरिएन,’ उनले भने, ‘संविधानले मार्गदर्शन गरेको समाजवादभन्दा अन्य व्यवस्थामा जान सकिँदैन। समाजवादउन्मुख नीति तथा कार्यक्रम हुनुपर्थ्यो।’

यस्तै, सांसद शारदादेवी भट्टले नीति तथा कार्यक्रममा व्यावसायिक जोखिम बीमा ल्याउने विषय समेटिनु स्वागतयोग्य भएको टिप्पणी गरिन्। 

‘ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने, १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार निःशुल्क गर्ने, महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने, महिला सबलीकरणमा ध्यान दिने नीति स्वागतयोग्य छ,’ उनले भनिन्। 

सांसद जगप्रसाद शर्माले आयात बढिरहेको उल्लेख गर्दै निर्यात बढाउन ध्यान दिनुपर्नेमा जोड दिए। उनले सुशासन, समृद्धि र सामाजिक न्यायको योजनालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताए।

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, वैशाख २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्