Kathmandu Press

स्ववियू निर्वाचन माग गर्दै आरआर क्याम्पसमा नेविसंघको तोडफोड 

यसअघि आरआर क्याम्पसमा सर्वसम्मत नेतृत्व चय भएको बताइए पनि एकपक्षीय रुपमा निर्णय गरिएको भन्दै तोडफोड भएको जनाइएको छ। 
स्ववियू निर्वाचन माग गर्दै आरआर क्याम्पसमा नेविसंघको तोडफोड 

काठमाडौं, वैशाख २२ : नेपाल विद्यार्थी संघले सोमबार प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) मा तोडफोड गरेको छ। स्ववियू निर्वाचन माग गर्दै तोडफोड गरिएको हो।

यसअघि आरआर क्याम्पसमा सर्वसम्मत नेतृत्व चय भएको बताइए पनि एकपक्षीय रुपमा निर्णय गरिएको भन्दै तोडफोड भएको जनाइएको छ। 

नेविसंघले उच्च अदालत पाटनको फैसला वमोजिम चुनावको माग राखेको छ। 

तोडफोडकाक्रममा महत्वपूर्ण कागजात च्यातिएका छन् भने ल्यापटप र कुर्सीसमेत तोडफोड गरिएको छ। 
 
प्रकाशित मिति: १५:४७ बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्