Kathmandu Press

दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्तो हो? : अध्यक्ष दाहाल 

अध्यक्ष दाहालले अघिल्लो सरकारले व्यापक छलफलपछिको तयारीस्वरूप अघि सारेको ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’का लागि कानुन निर्माणसम्बन्धी प्रक्रिया पनि रोकिनु निन्दनीय भएको बताए। 
दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्तो हो? : अध्यक्ष दाहाल 

काठमाडौं, वैशाख २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको बताएका छन्। 

प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे बोल्दै अध्यक्ष दाहालले दलित बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो? भन्दै प्रश्न गरे।

Hardik ivf

आफू नेतृत्वको सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई स्मरण राउँदै उनले दलित, महिला, श्रमिक, अपांग, सीमान्तकृत र उपेक्षित समुदायको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउने उद्देश्यले ऐतिहासिक कार्यक्रमहरू अघि सारिएको बताए। तर वर्तमान सरकारको नीति तथा कार्यक्रममा ती कार्यक्रमहरू पूर्ण रूपमा हटाइएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।

‘संसदमा मैले आग्रह गरेको थिएँ  मेरो नेतृत्वको सरकारबाट ल्याइएका दलित, महिला, घाइते, अपांग तथा श्रमिक समुदायसम्बन्धी कार्यक्रमहरू बदला स्वरूप च्यात्न नपरोस्। तर अहिले त तिनको शीर्षकसमेत डिलिट गरिएको छ,’ उनले भने।

अध्यक्ष दाहालले अघिल्लो सरकारले व्यापक छलफलपछिको तयारीस्वरूप अघि सारेको ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’का लागि कानुन निर्माणसम्बन्धी प्रक्रिया पनि रोकिनु निन्दनीय भएको बताए। 

‘गत वर्षको नीति कार्यक्रममा विधेयक ल्याउने भनिएको थियो, अहिले त्यो समेत हटाइएको छ,’ उनले भने ‘छोरीहरूको शिक्षाका कार्यक्रम हटाएर कस्तो समानता खोजिएको हो दलितलाई नीति तथा कार्यक्रमबाटै बहिष्कार गरेर कुन नेपालीलाई खुसी बनाउने योजना हो।’
 

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्