Kathmandu Press

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, तीन जनाको अवस्था गम्भीर

कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा बिहान करिब १० बजेतिर को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो। 
धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, तीन जनाको अवस्था गम्भीर

सुनसरी, वैशाख २२ : धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान धनकुटामा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा बिहान करिब १० बजेतिर को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको छ। गम्भीर घाइते भएकी राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा पु¥याइएको थियो। 

तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा १४ जना सवार रहेका थिए। अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए। 

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए।

गम्भीर घाइते
भोजपुरका ५८ वर्षीय लीलाबहादुर श्रेष्ठ 
भोजपुरकै ६० वर्षीय देवी विक 
धनकुटाका ६० वर्षीय हंशबहादुर राई 

सामान्य घाइते

धनकुटाका ३४ वर्षीय धनकुमार बिक
धनकुटाकै ६० वर्षीया दीर्घमाया राई
भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ
भोजपुरका अनमोल तामाङ
भोजपुरकी २४ वर्षीय सविना बराइली
भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा 
भोजपुरकी ५१ वर्षीया पूर्णमाया तामाङ
सुनसरीका ४८ वर्षीय कृष्ण राउत
सुनसरीका २७ वर्षीय आयुष राई
सुनसरीका ५१ वर्षीय रुद्र तामाङ (बस चालक)

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, वैशाख २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्