Kathmandu Press

धनराज गुरुङ र एपीवान टेलिभिजनमाथि अनुसन्धान प्रक्रिया अघि नबढाएकोप्रति रास्वपा संसदको प्रश्न

‘किन ठूला दलका नेताहरूलाई कारबाही गर्न हुँदैन भन्ने छ। उनलाई पनि पक्रेर कारबाही गर्ने हैसियत राख्नुहुन्छ कि राजनीतिक प्रतिशोध राख्ने उद्देश्य मात्रै हो?,’ उनले सरकारलाई प्रश्न गरे।
धनराज गुरुङ र एपीवान टेलिभिजनमाथि अनुसन्धान प्रक्रिया अघि नबढाएकोप्रति रास्वपा संसदको प्रश्न

काठमाडौं, वैशख २२ : रास्वपा सांसद गणेश पराजुलीले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र जिबी राईको लगानी रहेको भनिएको एपिवान टेलिभिजनमाथि अनुसन्धान प्रक्रिया अघि नबढाएकोप्रति आपत्ति जनाएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद पराजुलीले गुरुङलाई पक्राउ गरेर छानबिन प्रक्रिया किन अघि नबढाएको भन्दै प्रश्न गरे।

Hardik ivf

‘किन ठूला दलका नेताहरूलाई कारबाही गर्न हुँदैन भन्ने छ। उनलाई पनि पक्रेर कारबाही गर्ने हैसियत राख्नुहुन्छ कि राजनीतिक प्रतिशोध राख्ने उद्देश्य मात्रै हो?,’ उनले सरकारलाई प्रश्न गरे।

यस्तै, उनले एपीवान टेलिभिजनमा जीवी राईको लगानी रहेको तथ्य पुष्टि भइसकेको भन्दै सरकार ढल्ने डरले छानबिन प्रक्रिया अघि नबढाएको हो ? भन्दै प्रश्न गरे।

उनले अहिलेसम्म कति सहकारी पीडितको रकम फिर्ता भयो देखाउन सरकारसँग माग गरेका छन्। कांग्रेसकै गृहमन्त्री भएको १० महिनासम्म पनि जीवी राई किन पक्राउ नगरेको भन्दै प्रश्न गरे।

प्रकाशित मिति: १३:५० बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्