कांग्रेस–एमालेको सरकारले सहमतिमै काम गरिरहेको छ : सांसद थापा
उनले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र अब बजेट ल्याउने तयारीमा लागेको उल्लेख गर्दै थापाले तर अहिले दिनहुँ सरकारविरुद्ध चलखेल भइराखेको बताए।-1746431331.png)
काठमाडौं, वैशाख २२ : एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले कांग्रेस–एमालेको सरकारले सहमतिमा काम गरिरहेको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र अब बजेट ल्याउने तयारीमा लागेको उल्लेख गर्दै थापाले तर अहिले दिनहुँ सरकारविरुद्ध चलखेल भइराखेको बताए।
‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकें, अब रहँदैनजस्ता वक्तव्यबाजीहरुले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनी प्रदुषण हुनेक्रम जारी छ। तर, सरकार अघि बढिरहेको छ। त्यस्ता वक्तव्य र बकवासहरु निरर्थक सावित भएका छन् । पछिल्लो २० महिनाको शासन देखेकै हौं,’ उनले भने, ‘पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन, फाइल खोल्ने हुँकार गरिएको थियो। तिनको हविगत के भएको छ? त्यो नदेखेको होइन्। त्यसको भोगाइ आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी मानीयले भोग्नुभएको छ। कुशासनको रुप त्यसरी प्रकट भएको थियो। सुन तस्करीले सिंगै देश पहेलपुर भएकै थियो।’
सांसद थापाले वक्तव्य र बकवासहरु निरर्थक सावित भइरहेको बताए।