Kathmandu Press

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, कारोबारी फारार

प्रहरीले गोली चलाएर कारोबारीलाई नियन्त्रणमा लिने प्रयास गरेपछि कारोबारी भने भागेका छन्। 
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, कारोबारी फारार

झापा, वैशाख २२ : लागुऔषध कारोबारीलाई पक्राउ गर्न झापामा प्रहरीले गोली चलाएको छ। 

प्रहरीले गोली चलाएर कारोबारीलाई नियन्त्रणमा लिने प्रयास गरेपछि कारोबारी भने भागेका छन्। 

Hardik ivf

प्रहरीले सोमबार बिहान झापाको कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गर्दा मोटरसाइकलमा सवार एक व्यक्ति आफ्नो झोला समेत छाडेर फरार भएका थिए। 

ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाएको हो। तर, प्रहरीले उनलाई पक्राउ गर्न सकेन्।

उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको छ।

प्रकाशित मिति: १३:१३ बजे, सोमबार, वैशाख २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्