नेपालमै उत्पादन भएको गुणस्तरयुक्त टायल्स प्रयोग गर्न सुझाव
मन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई अगाडि बढाउनको लागि स्वदेशमा नै बनेको सामग्रीहरुको प्रयोगलाई बढाउनुपर्ने बताए।
काठमाडौं, वैशख २२ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमै उत्पादन भएको गुणस्तरयुक्त टायललाई अब निर्माण हुने नयाँ भवनहरुमा बढी भन्दा बढी प्रयोग गरेर अगाडि बढाउनुपर्ने बताएका छन्।
सोमबार लेमिनार टायल्स यक्सपेरियन्स् सेन्टरको उदघाटन कार्यक्रममा उनले नेपालमा नै बनेको टायललाई पूर्वाधार विकास, भवन, होटल, हस्पिटल, निजी घर बनाउँदा प्रयोग गर्न सकिने बताए।
‘पूर्वाधार विकास गर्दा, भवन, होटल, हस्पिटल, निजी घर बनाउँदा लेमिनार टायल्सको प्रयोग गर्न सकिन्छ। यो लेमिनार टायल्स् नेपालमा नै बनेको हो,’ उनले भने, ‘गुणस्तरयुक्त नेपालमा नै बनेको यो टायललाई अब निर्माण हुने नयाँ भवनहरुमा बढी भन्दा बढी प्रयोग गरेर अगाडि बढाउनुपर्छ।’
मन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई अगाडि बढाउनको लागि स्वदेशमा नै बनेको सामग्रीहरुको प्रयोगलाई बढाउनुपर्ने बताए।