Kathmandu Press

सांसद ज्ञानेन्द्र शाही भन्छन्– सरकारले ‘राज्य आंतक’ मच्चायो

उनले पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले गोली लागेर ज्यान गुमाएका सविन महर्जनको लागि किन न्यायिक समिति बनाइएन भन्दै प्रश्न गरे।
सांसद ज्ञानेन्द्र शाही भन्छन्– सरकारले ‘राज्य आंतक’ मच्चायो
फाइल तस्बिर।

काठमाडौं, वैशाख २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको घटनामा मानव अधिकार चरम उल्लंघन भएको समेत बताए। 

Hardik ivf

‘सरकारले राज्य आंतक अत्याधिक ज्यादा गरेको छ। ४० दिनदेखि रविन्द्र मिश्रलगायतका साथीहरु आज पनि थुनामा छन्। तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकार संगठनहरु र राज्यले मानव अधिकारको गम्भीर उल्लंघन गरेका छन्,’ उनले भने, ‘राज्यलाई म सोध्न चाहन्छु–पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले सविन महर्जनलाई टाउकोमा गोली हानेर मार्नेले आज न्यायिक छानविन समिति किन बनाउँदैन ? त्यो न्यायिक छानविन समिति बनाउन आवश्यक छ।

उनले पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले गोली लागेर ज्यान गुमाएका सविन महर्जनको लागि किन न्यायिक समिति बनाइएन भन्दै प्रश्न गरे।

उनले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने पुनःअधिकार यदी राज्यले नै दिएको हो भने आफूहरु पनि सत्तामा पुग्ने बताए।
 

प्रकाशित मिति: १२:४३ बजे, सोमबार, वैशाख २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्