Kathmandu Press

मधेशी एवम थारुलगायतलाई राज्यले सँधै अन्याय गर्यो : महन्थ ठाकुर 

‘रेशम चौधरी र सीके राउत त पार्टी एकीकरणको लागि प्रज्ञा प्रतिष्ठानमा एक भएका थिए। तर राज्यले मधेशी, थारुलगायतका समूदायलाई जहिल्यैपनि अन्याय किन गर्छ।’
मधेशी एवम थारुलगायतलाई राज्यले सँधै अन्याय गर्यो : महन्थ ठाकुर 

काठमाडौं, वैशाख २२ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई विनाकारण पाँच घण्टा हिरासतमा राखिएको विषयमा सरकारको आलोचना गरेका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले मधेशी, थारुलगायतका समूदायलाई जहिल्यैपनि अन्याय गरेको टिप्पणी गरे।

‘अचानक रेशम चौधरीलाई गिरफ्तार गरियो। त्यसको कुनै कारण छैन्। एउटा फाल्तु चिठ्ठी देखाएर त्यसैलाई आधार मानेर जेल हालियो,’ उनले भने, ‘रेशम चौधरी र सीके राउत त पार्टी एकीकरणको लागि प्रज्ञा प्रतिष्ठानमा एक भएका थिए। तर राज्यले मधेशी, थारुलगायतका समूदायलाई जहिल्यैपनि अन्याय किन गर्छ।’

अध्यक्ष ठाकुरले राज्यले जहिल्यैपनि आफूलाई विजेताको रुपमा प्रस्तुत गरेको र आफूहरुलाई पराजितको रुपमा व्यवहार गरिएको बताए। उनले आफूहरुको पीडा कसलाई सुनाउने भन्दै प्रश्न समेत गरे। 
 

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्