Kathmandu Press

रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग

उनले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा सहभागी भएकै आधारमा राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई जुन अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको छ त्यो घोर भर्त्सनायोग्य भएको बताइन्।
रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग

काठमाडौं, वैशाख २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन गर्न माग गरेकी छन्।

सोमबार  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा सहभागी भएकै आधारमा राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई जुन अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको छ त्यो घोर भत्र्सनायोग्य भएको बताएकी हुन्।

Hardik ivf

‘चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन सरकारी सक्रियता जति निदनीय छ। प्रदर्शन स्थलमा उपस्थित भएको र सहभागी भएकै आधारमा फरक विचार राख्नेहरु राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलगायतलाई जुन अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएको छ। यो घोर भत्र्सनायोग्य छ,’ उनले भनिन्। 

सांसद लामाले थुनामा रहेका रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइको माग समेत गरेकी छन्।

‘तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन र फरक विचार राखेकै आधारमा थुनामा राखेका रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइको माग गर्दछु,’ उनले भनिन्।
 

प्रकाशित मिति: १२:२० बजे, सोमबार, वैशाख २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्