किटमा अध्यनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानविन होस् : सांसद पौडेल
उनले १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरु संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति हुनुपर्ने बताए।
काठमाडौं, वैशाख २२ : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्यनरत नेपाली विद्यार्थी प्रिशा शाहको मृत्यु कसरी भयो यसको छानविन गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरु संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति हुनुपर्ने बताए।
‘पहिले प्रकृति लम्सालको दखःद निधन भयो। त्यसको पीडा र घाउ सेलाउन नपाउँदै अर्की नेपाली छात्राको मृत्युको दुखद खबरले हामी नेपालीहरु स्तब्ध भएका छौं,’ उनले भने, ‘भारतको उडिसा स्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिए प्रथम वर्षमा अध्यनरत छात्रा प्रिसा साहको दुखद मृत्यु भएको छ। १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरु संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति होस्।’










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)