Kathmandu Press

विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल हुँदै

विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल हुँदै

काठमाडौं, वैशाख २२ : आजदेखि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने भएको छ। 

विधेयकमाथि आजदेखि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुँदैछ। त्यसपछि समितिको बैठक दिउँसो साढे ३ बजेका लागि बोलाइएको छ। 

संसदको यही अधिवेशनबाट विधेयक पारित गर्ने सरकारको प्रतिबद्धता अनुसार विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल हुने लागेको हो। 

यो विधेयकमाथि सहमति जुटाउने गरी समितिले उपसमिति गठन गरेको छ। 

प्रकाशित मिति: ११:४० बजे, सोमबार, वैशाख २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्