प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे छलफल हुने
आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने भएको छ ।
काठमाडौं, वैशाख २२ : सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।
आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते ९शुक्रबार० संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।
नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०७:५६ बजे, सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Photo-(1)-(17)-1749712777.jpg)