Kathmandu Press

दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार यस्तो आदेश दिएको छ।
दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतको आदेश

काठमाडौं, वैशाख २१ : तीनकुने हिंसात्मक घटनामा पक्राउ परेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन आदालतले आदेश दिएको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार यस्तो आदेश दिएको छ। उनले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदन दिएका थिए। 

Hardik ivf

ज्यानसम्बन्धी कसुरमा बयान गर्न बाँकी रहेको भन्दै उनलाई तत्काल तारेक वा हाजिर जमानीमा छाड्न नमिल्ने अदालतले भनेको छ। 

तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ।


 

प्रकाशित मिति: २०:४५ बजे, आइतबार, वैशाख २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्