अवहेलना मुद्दामा पत्रकार केसीसँग सर्वोच्चले माग्यो दश हजार रुपैयाँ धरौटी
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले केसीविरुद्ध दर्ता भएका दुईवटा अवहेलनासम्वन्धी मुद्दामा १० हजार रुपैयाँ धरौटी रकम मागेको हो।
काठमाडौं, वैशाख २१ : अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाली पेनका प्रधान सम्पादक दीपेश केसीसँग १० हजार रुपैयाँ धरौटी मागेको छ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले केसीविरुद्ध दर्ता भएका दुईवटा अवहेलनासम्वन्धी मुद्दामा १० हजार रुपैयाँ धरौटी रकम मागेको हो।
दुवै मुद्दामा एकसाथ सुनुवाइपछि मागिएको धरौटी रकम बुझाएर केसी तारेखमा रहेका छन्। केसीविरुद्ध सर्वोच्च अदालत प्रशासन र अधिवक्ता दीपकराज जोशीले भिन्नाभिन्नै मुद्दा दर्ता गरेका हुन्।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको भन्दै नेपाल पेन अनलाइनमा समाचार प्रकाशित भएपछि अदालतको अवहेलना मुद्दा दर्ता भएको हो।
केसीसँग आइतबारै बयान लिइएको थियो । यसअघि केसीलाई शुक्रबार हाजिरी जमानीमा छाडिएको थियो।
प्रकाशित मिति: २०:२९ बजे, आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार