Kathmandu Press

रविन्द्र मिश्रलाई थप ५ दिन थुनामा राख्न अनुमति

गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका मिश्रलाई आइतबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो। 
रविन्द्र मिश्रलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, वैशाख २१ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। 

गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका मिश्रलाई आइतबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो। 

चैत १५ गते राति नै पक्राउ परेका मिश्रलाई छैटौंपटक म्याद गरिएको हो। मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलाउने तयारी प्रहरीको छ ।

मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै दुई साताअघि छाडेको थियो। 
 
प्रकाशित मिति: २०:२७ बजे, आइतबार, वैशाख २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्