Kathmandu Press

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा.कार्की नियुक्त

नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले कार्कीलाई उपकुलपतिमा नियुक्त गरेको हो। 
नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा.कार्की नियुक्त

काठमाडौं, वैशाख २१ : नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त भएका छन्।

नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले कार्कीलाई उपकुलपतिमा नियुक्त गरेको हो। 

कार्की वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति हुन्।

यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा.सूर्यराज आचार्य नियुक्त भएका छन्।

नेपाल विश्वविद्यालयका संरक्षक परिषदका पदेन बाहेकका अन्य सदस्यमा डा.राम मनोहर श्रेष्ठ, डा.शिवा थापा, डा.जगदीश चन्द्र पोखरेल, डा.विपिन अधिकारी, डा.विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, ई. लाल कृष्ण के सी, माधव प्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी छन्।
 
प्रकाशित मिति: १७:०५ बजे, आइतबार, वैशाख २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्