Kathmandu Press

संवैधानिक परिषद् विधेयक राष्ट्रिय सभाबाट स्वीकृत 

राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विधेयक प्रस्तुत गरेकाे प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेकाे थियाे।
संवैधानिक परिषद् विधेयक राष्ट्रिय सभाबाट स्वीकृत 

काठमाडौं, वैशाख २१ : राष्ट्रिय सभाले बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको वैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई आइतबार स्वीकृत गरेको छ।

राष्ट्रिय सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको थियो। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विधेयक प्रस्तुत गरेका थिए। 

Hardik ivf

उक्त प्रस्तावलाई सभाअध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

सभामा छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले परिषद्को बैठक तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको उपस्थितिमा गणपूरक संख्या पुगेको मानेर निर्णय गर्ने प्रावधान विधेयकमा राखिएको जानकारी दिएका थिए। 

परिषदको संशोधित विधेयकमा तत्काल बहाल रहेका सबै परिषद् सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था कायमै रहेको छ। 

सबै सदस्य उपस्थित नभएमा वा उपदफा ६ बमोजिम सर्वसम्मति कायम गर्न नसकेका खण्डमा अर्को बैठक बोलाउने र उक्त बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थिति रहेका खण्डमा निर्णय गर्ने व्यवस्था गरिएको छ। 


 

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, वैशाख २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्