अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड
समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय प्रणालीको बारेमा अझै बढि अध्ययन गर्नुपर्ने बताए।-(1)-1746355682.jpg)
काठमाडौं, वैशाख २१ : बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको छ।
आइतबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको हो।
सोही क्रममा उनले नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्च निरौलाले अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने भन्दै यसको लागि समन्वयात्मक भावनाका साथ काम गर्नुपर्ने बताए।
‘हाम्रो अर्थ र कृषि मन्त्रालयले यी क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्छ। केही समस्याहरु त छन् तर त्यसलाई समाधान गर्न नसकिने भन्ने होइन। हामीले समन्वयात्मक भावनाका साथ काम गर्नुपर्छ,’ उनले भने।
यस्तै, समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय प्रणालीको बारेमा अझै बढि अध्ययन गर्नुपर्ने बताए।
विज्ञ भएपछि तथ्यांकगत रुपमा विषयलाई बुझाउनु पर्ने भन्दै सामान्य रुपमा बोलेर यस्ता विषय बुझ्न गाह्रो हुने पनि उनको भनाई छ।
‘यस बारेमा अझ बढि अध्ययन गरेर बैठक बस्ने छौं। विज्ञ भएपछि तथ्यांकगत रुपमा बोल्नु पर्छ, मुखले मात्र त एकैछिन अनलाइन हेरेर पनि भन्न सकिन्छ,’ उनले भने, ‘नेपालको बैंक तथा वित्तीय प्रणालीलाई यो यो गरेर अगाडि बढाउन सकिन्छ भनेर भन्दिए हुन्छ। तथ्यांगत रुपमा भयो भने हामीलाई बुझ्न सजिलो हुन्छ।’












