केआईआईटीमा साह मृत्यु प्रकरण : सत्यतथ्य छानबिन गर्न सरकारलाई राष्ट्रिय सभाको ध्यानाकर्षण

काठमाडौं, वैशाख २१ : ओडिसाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साह मृत्यु प्रकरणमा राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गरेको छ।
साह मृत्यु प्रकरणलाई सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका थिए। त्यसपछि सभाका अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गरेका हुन्।
विरगञ्जकी छात्रा साहको छात्रावासको कोठामा झुण्डिएको अवस्थामा शव भेटिएको थियो।
अध्यक्ष दाहालले घटनाको कारण गहिराइमा पुगेर खोज्न, आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन र यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्य तथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रिय सभाबाट सुरक्षित र निर्भिकताका साथ पढ्ने वातावरण बनाउन समेत सरकारको ध्यानाकर्षण गरेको छ ।
प्रकाशित मिति: १६:०४ बजे, आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












