Kathmandu Press

आवासीय चिकित्सकद्वारा सरकारसँगको चार बुँदे सहमति अस्वीकार, पुनः आन्दोलनमा

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले विज्ञप्ति जारी गरी पटक-पटक निर्देशन दिने बाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको भन्दै आन्दोलन जारी नै राख्ने बताएको हो। 
आवासीय चिकित्सकद्वारा सरकारसँगको चार बुँदे सहमति अस्वीकार, पुनः आन्दोलनमा

काठमाडौं, बैशाख २१ : आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच भएको बताइएको सहमति अस्वीकार गर्दै स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आन्दोलन जारी राख्ने बताएको छ। 

स्वास्थ्यमन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच शनिबार चार बुँदे सहमति भएको भनिएको थियो। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले विज्ञप्ति जारी गरी पटक–पटक निर्देशन दिने बाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको भन्दै आन्दोलन जारी नै राख्ने बताएको हो। 

‘विभिन्न सञ्चारमाध्यममा आएका ‘आन्दोलनरत चिकित्सकहरू र सरकारबीच सहमति’ शीर्षकका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। सरकारसँग हाम्रो कुनै पनि सहमति नभएको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ। 

संघर्ष समितिका संयोजक डा.शेषराज घिमिरेले आन्दोलन जारी नै रहेको बताएका छन्। उनले आन्दोलनलाई रोक्ने एकतर्फि निर्णय भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी नै रहने बताए। 

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, वैशाख २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्