Kathmandu Press

राज्यमन्त्री गर्बुजाले लिए सपथ

प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री केपी ओलीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्। 
राज्यमन्त्री गर्बुजाले लिए सपथ

काठमाडौं, वैशाख २१ : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज (आइतबार) पद तथा गोपनीयताको सपथ लिएका छन्। 

प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री केपी ओलीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्। 

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए। र

ाष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। 
 
प्रकाशित मिति: १४:०५ बजे, आइतबार, वैशाख २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्